राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

आज बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक विहान साढे ११ बजे बस्ने तय भएको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १० बजे तय भएको छ ।

उक्त बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायलाई आमन्त्रित पनि गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *