पैसा बाँडेको भन्दै सुनिल शर्मामाथि निर्वाचन आयाेगमा उजुरी दर्ता
बेलबारी । मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार डा.सुनिल शर्मामाथि निर्वाचन आचारसंहिता विपरीत पैसा बाँडेको भन्दै उजुरी परेको छ।
राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा शर्माले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता प्रभावित पार्न यमबुद्द फाउन्डेसनको नाममा चूनावको मूखमा १० लाख रूपैया दान गरेको बिराटचोक,बेलबारी ईलाकाका होटलहरू नेपालीरिका, हाईट हाउस लगायतमा निशूल्क खाने बस्ने, मासू रक्सी फ्रीको ब्यवस्था मिलाएको, निजको स्वामित्वमा रहेका नोबेल र केएमसी अस्पतालमा ५० प्रतिशत निशूल्कको नाममा मतदाताहरूलाई लोभ्याई वडा पिच्छे आफ्ना एजेन्ट खटाई निर्वाचन आचार संहिता विपरीत काम गरिएको जस्ता विषयमा उजुरी गरेका छन् ।
मोरङ निर्वाचन कार्यालय क्षेत्र नम्बर ३ का अधिकृत रुद्रप्रसाद अर्यालले शर्माविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् ।अर्यालका अनुसार, उक्त उजुरीका सम्बन्धमा सत्यतथ्य बुझ्ने र आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको छ।
निर्वाचन आचारसंहिता अनुसार चुनावको समयमा कुनै पनि संघ-संस्था वा व्यक्तिलाई आर्थिक प्रलोभन देखाउन वा आर्थिक सहयोग गर्न पाइँदैन। यस घटनाले मोरङ ३ को चुनावी सरगर्मीलाई भने थप तताएको छ ।



