मुस्ताङमा हिमपात, मुक्तिनाथ गएका पर्यटकहरु बाटोमै रोकिए

No ads found for this position
No ads found for this position

काठमाडौं। आज बिहानै देखि मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेले बाटो अवरुद्ध भएकाले जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात जनाएको छ ।

हिमपातका कारण यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’

हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *