समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो, प्रत्यक्षतर्फको पनि छपाइ सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतपत्र छपाइको काम सम्पन्न भएको निर्वाचन आयोगले लागि जनाएको छ । प्रत्यक्षतर्फको पनि छपाइ सुरु भएको जनाएको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ । उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने भण्डारीको भनाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *