लगातार बढदै सुनको मूल्य, कति पुग्याे ?
No ads found for this position
No ads found for this position
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । यसअघि, हिजो सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।
प्रतिक्रिया


