स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

No ads found for this position
No ads found for this position

काठमाण्डौं । आइसिसि महिला टि–२० विश्वकप छनोट अन्तर्गत नेपाल स्कटल्यान्ड सँग ७३ रनले पराजित भएको छ ।

१ सय ४१ रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्गको लागि मैदानमा आएको नेपाल ६८ रनमा सिमित भएको थियो। नेपालका लागि रोमा थापा र रुविना क्षेत्री बाहेक कसैले पनि दोहोरो अकं कटाउन सकेनन् । स्कटल्यान्डका लागि मसजुदले ३ विकेट हात पारिन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरको छ । स्कटल्यान्डले खेलमा अन्तिमा बलमा आफ्‌नो सबै विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

उसका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । नेपालको लागि मनिषा न्यौपानेले ४, रुविना क्षेत्रिले ३ तथा रिया शर्मा, सिता राना मगर र कविता जोशीले समान १–१ विकेट हात पारेका थिए ।

पावरप्लेमा उत्कृष्ट बलिङ गरेको नेपालले त्यसपछि ओभरमा भने राम्रो प्रदर्शन गर्न सकेन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *