टि–२० विश्वकप छनोट अन्तर्गत अहिले चलिरहेको खेलमा स्कटल्यान्डद्धारा नेपाल सामु १ सय ४१ रनकाे लक्ष्य प्रस्तुत

No ads found for this position
No ads found for this position

काठमाण्डौं । आइसिसि महिला टि–२० विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र स्कटल्यान्ड बीचको खेल चलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरको छ । स्कटल्यान्डले खेलमा अन्तिमा बलमा आफ्‌नो सबै विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

उसका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । नेपालको लागि मनिषा न्यौपानेले ४, रुविना क्षेत्रिले ३ तथा रिया शर्मा, सिता राना मगर र कविता जोशीले समान १–१ विकेट हात पारेका थिए ।

पावरप्लेमा उत्कृष्ट बलिङ गरेको नेपालले त्यसपछि ओभरमा भने राम्रो प्रदर्शन गर्न सकेन । नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *