नक्कली हतियार सहित काठमाण्डौं कोटेश्वरबाट दुई जना प्रकाउ

No ads found for this position
No ads found for this position

काठमाण्डौं । काठमाण्डौंको कोटेश्वरबाट नक्कली हतियार सहित दुई जना प्रकाउ परेका छन् । प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलिले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहार प्रकाउ परेका हुन् ।

उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ।

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरणको खुलेको थियो। उनलाई नियन्त्रणमा लिएपछि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित संस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाएर राखेको खुलेको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *