काँग्रेसले निर्वाचनमा बहुमत ल्याउने सहमहामन्त्री प्रकाश रसाईलीको दाबी

No ads found for this position
No ads found for this position

काठमाडाैँ ।  नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

सहमहामन्त्री रसाईलीले काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गरे । उनले काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउदै आन्तरिक समिकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको बताए ।

अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले काँग्रेस बदलेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताए ।

सहमहामन्त्री रसाईलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताएकानु थिए ।

उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि
बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईराला समूहका नेताहरु सबैले न्याय पाएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *