४९ जनाले उम्मेदवारी फिर्ता, एक जनाको खारेज- निर्वाचन आयोग

No ads found for this position
No ads found for this position

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको हुन् ।

साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *