थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यलयमा, कार्यकर्तामा उत्साहको माहोल

No ads found for this position
No ads found for this position

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यलय पुगेका छन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा शुक्रवार पार्टी कार्यलय सानेपामा पुगुका हुन् । थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै‘अब की बार गगन सरकार’को नारा लगाएका थिए ।

साथै उनीहरुले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाईएको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रिय समिति बैठक बस्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *