राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरुप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः नारायणप्रसाद दाहाल

No ads found for this position
No ads found for this position

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उनले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भुमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताए ।

उनले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताए ।अध्यक्ष दाहालले भने ‘सबै राजनीतिक दलहरुले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भुमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *