आज श्रीपञ्चमी पर्व , विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदैं

No ads found for this position
No ads found for this position

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त पञ्चमीका नामले पनि प्रसिद्ध यो पर्वमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौंको स्वयम्भू, ललितपुरको लेले सरस्वती कुण्ड, थिमीको सरस्वती मन्दिरलगायत स्थानमा बिहानैदेखि पूजा र दर्शनका लागि श्रद्धालुहरूको भीड लागेको छ । विद्यार्थीहरूले विशेष रूपमा पुस्तक, कलम र वाद्ययन्त्रहरूमा पूजा गरी सरस्वती देवीको आशीर्वाद लिने प्रचलन छ ।

यसैगरी, आजै बालबालिकाहरूको अक्षरारम्भ (विद्यारम्भ) गराउने र नाक–कान छेडाउने चलन पनि कायम छ । मिथिला क्षेत्रमा भने श्रीपञ्चमीलाई कृषि नववर्षको रूपमा समेत उत्सवका साथ मनाइन्छ ।

हनुमानढोका दरबारको नासलचोकमा परम्परागत वसन्त श्रवण कार्यक्रम पनि आज आयोजना हुँदैछ । वसन्त ऋतुको शुरुवातसँग जोडिएको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा र हरियालीको सन्देश बोकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *