सेभ गार्ड फोर्सले गर्यो स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान

No ads found for this position
No ads found for this position

काठमाडौं । गत पुस २५ र २६ गते भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’मा स्वर्ण पदक विजेता खेलाडी र प्रशिक्षकलाई सेभ गार्ड फोर्सले नगद सहित सम्मान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सेभ गार्ड फोर्सका संस्थापक अध्यक्ष राजेश्वर थापा र मार्केटिंग म्यानेजर मनोज खड्काले पदक बिजेता खेलाडीहरु समर लामा ,ईसुरा राई र संगम अधिकारीलाइ रु ४० हजार नगद सहित सम्मान गरेका थिए ।साथै उनीहरुका कोच जगदीश चन्द्र जोशी ‘ज्याक’ र विश्वराज घिसिङ्ग पनि सम्मान गरिएको छ ।क्यालिस्थेनिक्समा समर लामा र ईसुरा राईले स्वर्ण र संगम अधिकारीले रजक पदक जितेका थिए भने ईसुरा राई यसै खेल मार्फत इटालीको रोममा हुने विश्व च्याम्पियनसिपको लागि छनोट भएकी थिइन् । साथै कार्यक्रममा रोममा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सेभ गार्ड फोर्सले आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर समेत भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *