सिन्धुली–२ मा नेकपा टिकट विवाद, विवाद मिलाउन प्रचण्ड आफै अग्रसर

No ads found for this position
No ads found for this position

सिन्धुली ।  सिन्धुली–२ मा बागी उम्मेदवारी दिएका नेकपाका नेताहरुलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएका छन् ।

सिन्धुली–२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी परेको थियो । बागी उम्मेदवारका प्रस्तावकमा नेकपाका नेता हरिबेल गजुरेल रहेका थिए । गुजेरल सहित समर्थकलाई पनि विवाद टुङ्गाउन प्रचण्डले काठमाडौं बोलाएका हुन् ।

आफुहरूलाई काठमाडौँ बोलाएको र बाटोमा आउँदै गरेको नेकपाका नेता गजुरेलले बताए ।
प्रचण्डले बोलाएपछि आफूसहित उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउदै गरेको जानकारी दिए ।

आफुहरु छलफल गर्न तयार रहेपनि यदि हाम्रो उम्मेदवारलाई आधिकारिता प्रदान गरेमात्र आफ्ना मागबाट पछि हट्ने समेत गजुरेलले बताए ।
‘अगाडि जाँदा चट्टान छ, पछाडि भीर छ । त्यहाँबाट खस्ने कुरा भएन, चट्टान फोडेरै भएपनि अगाडि बढ्ने हो संयोजकलाई त्यही कुरा राख्छौं,’ उनले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *