दास्रो अभ्यास खेलमा पनि नेपाली टोली पराजित, श्रीलंका ए टिम ७३ रनले विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । टि–२० विश्वकपको तयारीमा श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलि आफनो दास्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

आज भएको खेलमा नेपाल श्रीलंकाको ए टिम सँग ७३ रनले पराजित भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकन टोलिले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।

उसका लागि लाहिरा उदेराले ५२ बलमा ९३ तथा शाहानले २३ बलमा ५५ रन हानेका थिए । नेपालको लागि बलिङ तर्फ कुशल भुर्तेलले २ तथा करण के.सीले १ विकेट लिए ।

२ सय २३ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले भने पुरै २० ओभर खेले पनि ९ विकेटको क्षतिमा मात्र १ सय ४९ रन मात्र बनाउन सक्यो । नेपालका लागि करण के.सीले सवार्धिक ४१ रन जोडेका थिए । बलिङ तर्फ श्रीलंकाका नुहान थुसाराले ३ तथा मादि हेमन्ताले २ विकेट हात पारे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *