काकु भन्छन्, ‘भागेर काठमाडौं आएपछि सक्किगोनि’ (पोडकास्ड)

घरमा आमालाई रेडियोमार्फत सन्देश पठाउँदा गाउँभरि चर्चा हुन्थ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । धनकुटाबाट काठमाडौं भागेर आएका कलाकार, लेखक तथा निर्देशक दीपकराज आचार्य ‘काकु’ ले आफ्नो डेब्यु फिल्म ‘परान’ मार्फत अहिले सफल निर्देशकका रूपमा साबित भएका छन् ।

उनको फिल्म ‘परान’ले एउटा वृद्धले बुढेसकालमा पुर्ख्यौली थलोमा परिवारको साथ खोजेको कथा पस्किएको छ, जुन अहिलेको नेपाली समाजसँग मिल्दोजुल्दो छ । त्यसैले त यति बेला उनको फिल्मले दर्शकको मन जितिरहेको छ ।

काठमाडौं आएर हिजोआजका कुराबाट कलाकारिता सुरु गरेका उनले भद्रगोल र सिक्कगोनि जस्ता चर्चित टेलिसिरियलमा काम गरे । सक्किगोनिका लेखक तथा निर्देशक रहेका उनलाई यसपछि फिल्म बनाउने इच्छा जाग्यो ।

फिल्म परान बनाउँदा भोग्नु परेका दुःख र धनकुटाबाट काठमाडौं आउँदा बसको पछाडि बसेर रोएको र आफन्त नहुँदा भोग्नु परेका पीडा उनले जीवभर सम्झिरहने छन् । कलाकार बन्न भनेर काठमाडौं आएका उनले घरमा कुराकानि गर्न त्याति बेला कुनै सञ्चार थिएन । घरमा सन्देश उनी रेडियो कार्यक्रम मार्फत पठाउँथे । रेडियो मार्फत सन्देश पठाउँदा गाउँ भर उनको चर्चा चल्थ्यो ।

उनले काठमाडौंमा जागिर नपाउँदा पनि घरमा पाएँ भनी आमालाई सन्देश पठाउँथे । नागरिक प्रेसको पोडकास्ट गफगाफविथ स्नेहामा उनको बाल्यकाल देखि अहिलेसम्मको यात्रा यसरी सुनाए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *