सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नै बताए।
बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताए । उनले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताए।
अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताए।
उनले भने , ‘राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए । झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराएका छन् ।



