अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते

No ads found for this position
No ads found for this position

काठमाण्डाैं ।  अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको थियो । अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेहरूमा चार महिला र एक बालक रहेको जानकारी दिए।

उनकाअनुसार धेरैजसो घाइतेहरूको शरीरमा गहिरो चोट लागेको छ र केहीको शल्यक्रिया भइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए।

हालसम्म विस्फोटको जिम्मेवारी कुनैपनि समूहले लिएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *