विकास र समृद्धिको नारा सहित संयोजक दाहाल रुकुम पूर्वमा

No ads found for this position
No ads found for this position

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै दाहालले सो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए।

यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका दाहालले यसपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजेका हुन् । मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

देशभर आजै प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *