भक्तपुर–२ मा महेश बस्नेत विरुद्ध शोभा पाठकको उम्मेदवारी

No ads found for this position
No ads found for this position

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले उम्मेदवारी दिएको क्षेत्रबाट शोभा पाठकले समेत उम्मेदवारी दिएकी छिन् ।

शोभाले नेपाल जनादेश पार्टीको तर्फबाट उम्मेदवारी दिएको बताएकी छिन् । उनले पत्रकारहरुसंग कुरा गर्दै जनादेश पार्टीको चुनाव चिन्ह जुत्ता रहेको र यो पार्टीले जेन्जी आन्दोलनको मर्म समेतलाई आत्मशात् गर्ने बताएकी थिइन् ।

शोभा पाठकले महेश बस्नेत विरुद्ध यसअघि आफुलाई बारम्बार दुर्व्यवहार गरेको आरोप समेत लगाउदैं आएको थिइन् । भक्तपुर–२ बाटै रास्वपाबाट पत्रकार राजीव खत्रीको समेत उम्मेदवारी परेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *