निर्वाचनमा सहकारी ठग रवि लामिछानेलाई एमालेले लखेट्छ: महेश बस्नेत

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् ।

सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताए ।

आईतबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रीय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान शुरु गरेपनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गरे ।

उनले भने,‘हाम्रो भोट सहकारी ठग्नेलाई होइन । सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेटने हो । यसपालीको आन्दोलनका एजेण्डा यही हो । १० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमति लिएर हिँडेको छ ।’

सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *