निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले दिएको रिट दर्ता, माघ ६ गतेलाई पेशी
काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्षले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटको पेशी यही माघ ६ गते मंगलबारलाई तोकिएको छ।
दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापालाई मान्यता दिएको निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन् । उनीहरूको रिट सर्वोच्च प्रशासनले आइतबार नै दर्ता गरिदिएको छ।
६ गते मंगलबार उक्त दिन फागुन २१ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको तालिका पनि छ ।
सर्वोच्चको यो निर्णयले कांग्रेससहित सबै दलको उम्मेदवारी प्रभावित हुने जोखिम बढेको छ। मंगलबार बिहानै अदालत खुल्नेबित्तिकै आदेश आएमा निर्वाचन प्रभावित हुने अवस्था नहुन सक्छ ।
रिट लिएर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वका नेताहरू सर्वोच्च अदालत पुगेका थिए। निर्वाचन आयोगलले गगनलाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो ।



