काठमाडौं महागनर प्रहरीका प्रमुख राजु पाण्डेले दिए पदबाट राजीनामा
काठमाडौं । काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिए ।
उनले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे । उनले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताए । उनले माघ ४ गतेपछि आफ्नो अगामी यात्राको बारेमा जानकारी गराउने बताए ।
उनले भने, ‘शहरी सुशासनको लागि नागरिक पनि अनुशासित हुनुपर्छ भन्ने किसिमले हामीले बुझाउने काम पनि गर्यौ । यो साढे ३ वर्षको अवधिमा हामीले नागरिकलाई सचेत गराउने हिसावले धेरै कार्यक्रम समेत सञ्चालन गर्यौ।’
उनले काठमाडौं महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।



