गगन नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिए: शेखर कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् ।
निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन्। बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए ।
उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताए । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भए पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यपालिका,कार्यविधिहरू केन्द्री समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे। कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने उनको दाबी छ ।



