गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा

No ads found for this position
No ads found for this position

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

थापा नेतृत्वमा कांग्रेसले पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गरेको थियो। नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न कानुनविद्सहितको टोली आयोग पुगेको हो।

विशेष महाधिवेशनबाट थापा नेतृ्त्वमा नयाँ कार्यसमिति गठन भएको छ। विशेष महाधिवेशनले पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल,महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे,सहमहामन्त्रीमा डिला संग्रौला,प्रकाश रसाइली,बहादुरसिंह लामा, उदयशमशेर जबरा,मुक्ताकुमारी यादव,फरमुल्लाह मन्सुर,योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको छ।

शेरबहादुर देउवा पक्षले थापा नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएको छैन।

देउवा पक्षले पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै थापा र शर्मालाई निष्काशनको घोषणा गरेको छ। बुधबार निर्वाचन आयोग पुगेर नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको जानकारी समेत गराइसकेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *