सल्यानमा मान्छे खाने बाघलाई मार्न आदेश जारी

No ads found for this position
No ads found for this position

सल्यान । सल्यानमा जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ । मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आतङ्कित बनाएको बाघले विगत १ साताको अवधिमा ३ जनाको ज्यान लिएको छ भने २ वटा घरपालुवा पशु गोरु र गाईलाई आक्रमण गरी मारेर खाएको थियो ।

कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा बाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित ३ जना जनाको ज्यान लिएको छ भने घरपालुवा जनवारलाई पनि आक्रमण गरी मारेर थियो ।

बाघले मानिसलाई खोजी खोजी खाने गरेकाले डिभिजन वन कार्यालय, सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित) को नियम ३६ क बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *