जुत्ता बोकी कलाकारिता सिकेका बल्छीले फिल्मसम्मको यात्रा यसरी सुनाए (भिडियो)
आमालाई माया गर्ने सबैलाई फिल्म ‘गोबर गणेश’ले रुहाउँछ
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को फिल्म ‘गोबर गणेश’ आजबाट देश व्यापी रूपमा प्रदर्शनमा लागेको छ । फिल्मको केन्द्रमा मरिचमान स्वयम छन् । यो फिल्मको निर्देशन समेत मरिचमान स्वयमले गरेका हुन् ।
लामो समयदेखि चर्चित टिभी शृङ्खलाहरूमा लेखन र अभिनय गरेपछि मरिचमान यही फिल्मबाट ठुलो पर्दामा आएका छन् । उनले फिल्मले दर्शकलाई रुहाउने बताए ।
फिल्ममा वर्षा शिवाकोटी, पदम तामाङ, निर्मल शर्मा, पुजन घिमिरे, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, समेश बुढाथोकी र स्वास्तिका गलामिछाने लगायतको अभिनय रहेको छ ।
गोबर गणेशले दर्शकलाई सहाउँदै रुहाउँछ
बल्छीले चलचित्र गोबर गणेशले दर्शकलाई रुहाउने बताएका छन् । उनले नागरिक प्रेसको गफगाफ With स्नेहा पोडकास्टमा भने, ‘दर्शक रुन थालिसके । तपाईं पनि हलमा फिल्म हेर्नुभयो भने रुनुहुन्छ ।’
उनले फिल्म आमा छोराको कथामा रहेको र आमालाई माया गर्नेहरू जो कोही पनि फिल्म हेरेपछि रुने बताए ।
मैले नगरेको काम केही छैन
उनले आँफु भइमान्छे भएको बताए । उनले भने, ‘कुनै अफिसमा भुईं र ट्वाइलेट पुस्ने काम गर्थे । अहिले दर्शकको मायाले यो स्थानमा आउन सफल भएको छु । सानो पर्दादेखि ठुलो पर्दासम्मको यात्रामा दर्शको साथको लागि धन्यवाद । दर्शकको मायाको लागि जीवनभर नेपालमै बसेर काम गर्ने छु ।’
यस्तै उनले कलाकारिताको लागि आँफुले जुत्ता, कपडा र चिया बोक्ने देखि नगरेको काम केही नभएको बताए । उनले काठमाडौं आएर गरेका सङ्घर्ष र फिल्म निर्माण सम्मको यात्रा यसरी सुनाए–



