पार्टी फुट्न दिन्नः डा. शेखर कोईराला

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमबार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए । उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिवद्धता छ ।

उनले भने, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’

यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन सुरु गरेका छन् । सोमबारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *