अबको कांग्रेस सभापति शेखर कोईराला हो: सुनिल शर्मा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमबार काठमाडौंमा डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

आईतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शिर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् ।

यता डा. कोईराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोईरालालाई पहल गर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोईरालाले आत्मसमर्पण गरेको भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोईरालाले बताएको उनले जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोईराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।

उनले डा. शेखर कोईराला कांग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोईराला कांग्रेसको सभापति बन्ने उनले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *