कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्दसत्र हुन लागेको हो ।
विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या दुई हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो । २०७८ को महाधिवेशनमा कांग्रेसका ४७ सय ४३ प्रतिनिधि थिए ।
बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया


