राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुगेको बेला नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यस वर्ष पनि देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

प्रतिक्रिया


