बालेन साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी देखियो: अग्नि सापकोटा

'कांग्रेस-एमालेसँग मिल्ने कुरा पार्टीपंक्ति र जनताले मन पराएका छैनन्'

No ads found for this position
No ads found for this position

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताएका छन् ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताएका हुन् ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारेको भएपनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको बताए । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पारे ।

उनले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताए ।

पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरु आइ नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरुसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरि यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरुले चुन्ने निर्वाचन भएको हुनाले यो अरु निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँड हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरुमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’

विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्न आफूहरुको पहचिान स्थापित हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गरे ।

सापकोटाले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी गरे । नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *