मेयर बालेन प्रति शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भएको संकेत गरेका छन्।

पोखरेलले फेसबुकमार्फत भनेका छन्- ‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’

उनले भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दियो भन्ने प्रश्न गरेका हुन्।

मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए। त्यसपछि जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले जिम्मेवारीको प्रश्न उठाएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *