विशेष महाधिवेशनबारे कांग्रेस संस्थापन पक्षले आज धारणा सार्वजनिक गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ।

कांग्रेसभित्र महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गरेपछि उत्पन्न आन्तरिक विवादलाई साम्य पार्न नेतृत्व तह सक्रिय भएको छ । यसै सन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुने उक्त पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्कासँगै नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ ।

पार्टीभित्र देखिएको पछिल्लो विवाद र नेतृत्वको आधिकारिक धारणा सार्वजनिक गर्न यो सम्मेलन आयोजना गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *