कांग्रेस-एमाले र जसपाले टुंग्यायो राष्ट्रिय सभाका १८ उम्मेदवार

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्।

जस अनुसार कांग्रेस-९, एमाले-८ र जसपाले-१ लिने गरी तालमेल गरेका छन्।

कांग्रेसले सूची अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापाले उम्मेदवार दिने छन्।

यस्तै कांग्रेसबाट मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण, बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना, लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।

एमालेको सूची अनुसार कोशीमा रोशनी मेचे र सोमनाथ पोर्तेल, मधेसबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएका छन्।

जसपा नेपालबा महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन्।

उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *