वीरगञ्जमा कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्म

No ads found for this position
No ads found for this position

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ ।

धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि मंगलबार बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्मका लागि कर्फ्यु लम्बिाइएको जिप्रकाले जनाएको हो ।

प्रजिअ भोला दाहालले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जानकारी दिए । उनक अनुसार विवादको समाधान खोज्ने प्रयास भइरहेको छ ।

वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जारी कर्फ्यु आदेशमा उल्लेख छ ।

धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *