एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको फागुन २१ को निर्वाचनका लागि उम्मेदवार सिफारिस हुने क्रम जारी छ। जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ ।

सिफारिस भएकोमा झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । यस्तै काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेल, दाङ-२ बाट एमालेका महासचिव शंकर पोखरेल, कैलाली-४ बाट उपमहासचिव लेखराज भट्ट, भक्तपुर क्षेत्र नम्बर-२ बाट सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ ।

यस्तै नवलपुर २ बाट तिलक महत, कास्की २ बाट मिलन गुरूङ, नुवाकोट १ बाट बद्रि मैनाली, नुवाकोट २ बाट केशव पाण्डे, रौतहट १ बाट अजय गुप्ता, महोत्तरी १ बाट लक्ष्मी महतो कोइरी, इलाम २ बाट सुहाङ नेम्वाङको नाम एकल रुपमा सिफारिस भएको छ ।

यस्तै गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही ५ बाट खिमलाल भट्टराई, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत १ बाट ध्रुव शाही, सुर्खेत २ बाट कुलमणि देवकोटा, बाँके १ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार, कपिलवस्तु १ बाट विश्राम चौधरीको नाम एकल सिफारिस भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *