भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी विरोध

No ads found for this position
No ads found for this position

काठमाडौं । अमेरिकाले शनिबार एक अभियान सुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ ।

भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् ।

अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागुऔषध ओसारपसार विरुद्ध लड्ने लक्ष्य राखेको दाबी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ ।

राष्ट्रपति ट्रम्प आफैंले भनेका छन्ः उनीहरू भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्न चाहन्छन् । अमेरिका र भेनेजुएला बीचको सम्बन्ध ह्युगो चाभेजको पालादेखि नै तनावपूर्ण रहँदै आएको छ ।

अमेरिकाले भेनेजुएलाको समाजवादी सरकारलाई अधिनायकवादी भन्दै कडा आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ भने भेनेजुएलाले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै आएको छ ।

विशेष गरी तेल र खनिज स्रोतहरूमाथिको नियन्त्रणको विषय यो द्वन्द्वको मुख्य कारण मानिन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *