सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार ६०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ६५ हजार कायम भएको छ।

अघिल्लो दिन आइतबार २ हजार १०० रुपैयाँले घटेर एक तोला सुनको भाउ २ लाख ६० हजार ४०० पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। यसदिन १८५ रुपैयाँले बढेर प्रतितोला चाँदी ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

आइतबार सोही परिमाणको चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *