रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो १ बजे राष्ट्रियसभागृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।
रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो । यस्तै, आजको घोषणा सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता पनि रास्वपामा समाहित हुने भएका छन् ।
प्रतिक्रिया


