कतारमा १३ नेपालीले पाए आममाफी
काठमाडौं । विभिन्न कसुरमा जेल जीवन बिताइ रहेका १३ जना नेपालीलाई कतारले आममाफी दिएको छ।
कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।
आममाफी दिएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ।
मन्त्रालयले भनेको छ, ‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’
कतार सरकारको यस्तो कार्यले द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाएको सरकारको भनाइ छ।
रोजगारीको सिलसिलामा कतार पुगेका उनिहरु विभिन्न कसुरमा जेल परेर जेल जीवन बिताइ रहेका थिए।


