सुधनको पहलमा रवि र कुलमानको पार्टी समाहित, वार्तामा बालेनपनि सहभागी
No ads found for this position
No ads found for this position
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि समाहित हुने भएको छ।
कमल पोखरीमा सोमबार साँझ रवि, कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।
यी तीनजनालाई जेनजी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए ।
तीन नेताबीच सहमति भएको खबर उनै सुदनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । अब तीनजनाबीच हस्ताक्षरपछि समानुपातिक सूची आयोगमा लगिनेछ ।
सुदन गुरुङले राष्ट्रियता र एकताका लागि पार्टीहरू एकीकरण भएको बताएका छन् ।
प्रतिक्रिया


