जेनजी आन्दोलनमा बल प्रयोग गर्न मेरो संलग्नता छैन: रमेश लेखक

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिई स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानूनि व्यवस्थाविपरित भएको टिप्पणी गरेका छन् ।

सोमबार जाँचबुझ आयोगमा वयान दिएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यका बाहिर जान प्रतिवन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताए ।

उनले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताए । उनले यसतर्फ सरकारलगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराए ।

उनले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहाती भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *