प्रतिनिधिसभा निर्वाचन: ३ राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

No ads found for this position
No ads found for this position

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन् ।

आयोगकाअनुसार आईतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित ३ वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन् । ३ वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनकाअनुसार आईतबार र सोमबार बन्दसूचि पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई २ चरणमा गरिरहेको छ।

पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उनको भनाई छ ।

उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको जानकारी दिए । उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए । सोमबार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने उनले बताए ।

भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने विश्वास व्यक्त गरे । आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनल बताए ।

उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको जानकारी दिए । उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिइने छ ।

यो पनि पढ्नुस्- समानुपातिकतर्फको बन्दसूची भोलिसम्म, ९ लाख १५ हजार बढी मतदाता थपिए

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *