समानुपातिकतर्फको बन्दसूची भोलिसम्म, ९ लाख १५ हजार बढी मतदाता थपिए

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन्।

दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिने छ ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् ।

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ।

प्रकाशित नामावलीबमोजिम एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदान गर्न योग्य छन्। आयोगका अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष र ९२ लाख ४० हजार १३१ महिला तथा २०० अन्य मतदाता छन्। २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। यसरी गएको तीन वर्षमा नौ लाख १५ हजार ११९ जना मतदाता थपिएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *