रवि-बालेनबिच भएको ७ बुँदे सम्झौता बारे शंकर पोखरेल र सुदन गुरुङले के भने ?

लौरो फालि बालेनले रास्वपाको घण्टी किन समाए ?

No ads found for this position
No ads found for this position

काठमावडौं । आईतबार विहान राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार, पार्टीको नाम रास्वपा र चुनाव चिह्न रास्वपाकै घण्टी यथावत हुनेछ।

रास्वपा र बालेनबिच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले रास्वपाको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ ।

विध्वंसका योजनाकार र मतियारको दोस्रो चरणको तयारी सुरू भयो: शंकर पोखरेल

बालेन र रविबिच भएको सहमतिबारे नेकपा एमालेका महासचिव शंकर पोखरेलले विध्वंसका योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् । पोखरेलले लामिछाने र बालेनको ७ बुँदे सहमतिपछि भदौ २३ र २४ को विध्वंसका योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको बताएका छन् ।

पोखरेलले आफ्नो धारणा सार्वजनिक जेनजी आन्दोलनका नाममा भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो भनेका छन् । उनले अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरू भएको टिप्पणी गरेका छन् ।

रास्वपा चुनावको तयारीमा लागोस्, हामी राष्ट्रिय समस्या समाधान गर्नमा लाग्छौं : सुदन गुरुङ

यस्तै जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले रास्वपा र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमामा गुरुङले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं । जय देश ।’

रवि र बालेनबीच सहमतिको प्रयास चलिरहँदा शनिबार सामाजिक सञ्जालमा सुदनले आफूहरू कुनै पनि राजनीति दलमा संलग्न नहुने संकेत गरेका थिए ।

आर्यघाटमा अन्त्येष्टिको क्रममा जेनजी आन्दोलनका शहीदको खुट्टा ढोग्दै गरेको तस्बिर पोष्ट गर्दै सुदनले लेखेका थिए- ‘त्यो चिसो खुट्टाको कसम ! राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु। सत्तामा रहेको शक्ति पद वा व्यक्तिगत प्रसिद्धताले हामी कहिल्यै आकर्षित वा लाभान्वित भएका छैनौं हुने पनि छैनौँ। हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस् जेन्जीको जनादेश, साहसी जेनजी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं ।’

बालेनले लौरो किन छाडे ?

बालेनले ललितपुरको कुपण्डोलस्थित एक घरमा आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य गर्दै उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका थिए।

छलफलमा बुधबार बालेनले देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने मुड भएको छलफलमा सहभागि एक नेताले बताएका थिए । बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव लौरो चुनाव चिह्नबाटै जितेका थिए । तर अहिले उनले रास्वपासँग एकता गर्ने सम्झौता सम्झौता गरेका छन् । उनले लौरो छाडेर पार्टीको नाम रास्वपा र चुनाव चिह्न रास्वपाकै घण्टी स्वीकार गरेका छन् । चुनाव पछि प्रधानमन्त्री बन्ने स्वार्थमा बालेनले चुनाव चिह्न रास्वपाकै घण्टी स्वीकार गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबिच भएको ७ बुँदे सम्झौतामा के छ ?

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आह्वान गर्ने।

रवि लामिछाने/बालेन शाह
१३ पुस, २०८२, काठमाडौं ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *