रौतहटमा ब्वाइलर विष्फोट हुँदा १ को मृत्यु, ६ जना घाइते

No ads found for this position
No ads found for this position

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर (तताउने मेसिन) विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना कामदार घाइते भएका छन् ।

आज बिहान भएको विष्फोटमा सोही नगरपालिका का ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो । घाइतेहरुका हातखुट्टा जलेका छन् ।

शक्तिशाली विस्फोटले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको छ ।

घटनापछि स्थानीय त्रासमा छ्न् भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन् । विष्फोटनको कारण स्पष्ट भएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *