पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरि शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ ।
मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् ।
उनले नेपाली सेनामा करिब ३९ वर्ष सेवा गरेका थिए। उनी सेनाको विभिन्न नेतृत्वत्दायी भूमिकामा रहेर काम गरेका थिए।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।


