हामी अचानो भयौं, सरकार छाड भनी गाली मात्र आउँछ, देश बङ्गलादेश नहोस्: प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बङ्गलादेश बन्न दिन नहुने बताएकी छिन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।

उनले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेनजीका समूहहरुले दिनदिनै सरकार छोड भन्दै गालीगलौज गर्ने गरेको उनले बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् । आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको उनले बताइन् ।

उनले भनिन्, ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ ।’

प्रधानमन्त्री कार्कीले सरकार र आँफुलाई पेण्डुलम जस्तो बनाएको बताइन् । यस्तो अवस्थामा पनि आँफुले सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गरेको बताइन् ।

उनले भनिन्, ‘युवाहरुमा निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बङ्गलादेश चाहीँ नहोस् ।’

प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफू रहेको बताताइन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *